रुपन्देही । रूपन्देहीमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।
१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सैनामैना नगरपालिका-३, सरौलीका २५ वर्षीय सागर थापा पक्राउ परेका हुन् । थापालाई इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीको टोलीले गएराति पक्राउ गरेको हो ।
सागरले १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरी प्राप्त भएलगत्तै प्रहरीको टोली फिल्डमा खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij