२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सेयर बजार २६२६ अंकमा, बढ्यो कारोबार

सेयर बजार २६२६ अंकमा, बढ्यो कारोबार

काठमाडौं । मंगलबार सेयर बजार २६२६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १४.११ अंक बढेको हो । कारोबार भइरहँदा दिउँसो १२ : २५ बजे नेप्से २६४५ अंकसम्म पुगेको थियो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडको भयो । १६७ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ६ को स्थिर रह्यो ।

उत्पादन समूह २.३२ प्रतिशत तथा व्यापार ०.४५ प्रतिशत घटे । यी बाहेक सबै सेक्टरका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७६, फाइनान्स १.६२, होटल तथा पर्यटन ०.९४, हाइड्रोपावर ०.७१, लगानी ०.९६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.५६ र अन्य ०.४९ प्रतिशत बढे ।

आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । न्यादी हाइड्रोपावरको ८.६, सप्तकोशी विकास बैंकको ७.५ प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij