२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

२८.९१ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

२८.९१ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक २८.९१ अंकले बढेर २ हजार ६ सय १२.२० विन्दुमा उक्लेको छ । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्से सोमबार बढेको हो । सो दिन कारोबारमा आएकामध्ये १९४ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ४१ वटाको घट्यो भने बाँकी ९ वटा कम्पनीको स्थिर रहयो ।

५५ हजार ९ सय ३८ पटकको कारोबारमा ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।

उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij