काठमाडौं । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले घरजग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने दाबी गरेका छन्।
शुक्रबार जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री सिंहले घरजग्गा कारोबारलाई थप व्यवस्थित बनाउने बताएका हुन्।
उनले प्रतिवेदनमा उठेका विषयलाई क्रमिक रुपमा कार्यान्वयन गर्दै लैजाने उल्लेख गरे।
‘जग्गा तथा आवास विकाससँग सम्बन्धित ऐतिहासिक दस्तावेजका रुपमा यो प्रतिवेदन पछिसम्म रहनेछ । जग्गा तथा आवाससम्बन्धि अनुसनधान गर्नेहरुले पनि यो प्रतिवेदनलाई आधार बनाउनेछन् भन्ने विश्वास छ’, उनले भने, ‘तपाइहर्रुंले दिनुभएको प्रतिवेदनलाई केलाएर मन्त्रालयले ऐननियम बनाउने क्रममा पनि यसले आधार दिनेछ। प्रतिवेदनमा भएका सुझाव कार्यान्वयनका लागि मन्त्रालयले काम गर्नेछ । यसलाई राम्रो बनाउन अझ सरोकारवालाहरुसँग पनि छलफल गर्नेछौँ।”
उनले घर जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुर्याएको भन्दै मन्त्रालयको तर्फबाट यसमा नीतिहरू बनाउँदा थप ध्यान दिने बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij