२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउने

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । उनी मंसिर २३ देखि २५ गते (डिसेम्बर८-१०) सम्म काठमाडौंमा आउने भएका हुन् ।

उनी दक्षिण एसिया भ्रमणको क्रममा भारत र श्रीलंकाको भ्रमण गरेर नेपाल आउन लागेका हुन् । उनी नेपाल भएर अमेरिका फर्किने तालिका रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा नेपालमा जलवायु संरक्षण, दिगो विकासलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले युवाहरूसँग साक्षात्कार गर्नेछन् भने केही नेतासँग पनि भेटवार्ता गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij