२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

स्वास्थ्यमन्त्रीको निर्देशन : बिरामीको माग अनुसार बहिरंग सेवा चलाउनू

स्वास्थ्यमन्त्रीको निर्देशन : बिरामीको माग अनुसार बहिरंग सेवा चलाउनू

बाँके- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरंग सेवा सेवाग्राहीको मागअनुसार प्रवाह गर्न निर्देशन दिएका छन्।

अस्पतालले हालै सुरु गरेको बाल क्यान्सर वार्ड र पोष्ट अपरेशन वार्ड मंगलबार उद्घाटन गर्दै उनले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्दा उपयुक्त हुने बताए। मन्त्री बस्नेतले सेवा प्रवाहमा कुनै पनि किसिमको कमजोरी नगर्न पनि सुझाव दिए ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले क्यान्सर अस्पतालका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij