काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको गठबन्धन २०८४ सालको चुनावसम्म जाने जिकिर गरेका छन्।
शुक्रबार दरवारमार्गमा आयोजना गरेको शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो जिकिर गरेका हुन्।
‘अहिलेको समीकरण चौरासीको चुनावसम्म जान्छ। कान खोलेर सुने हुन्छ,’ ओलीको भनाइ थियो।
अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन नसक्नेसमेत ओलीको जिकिर छ।
अब आफू १८ महिनासम्म प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए।
आफूले १८ महिनापछि प्रधानमन्त्री पद देउवालाई हस्तान्तरण गर्ने बताएका हुन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij