२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द

मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द

काठमाडौं । मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ ।

तनहुँ प्रहरीका अनुसार मुग्लिन पोखरा सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गरिने भएकाले आजदेखि २३ गतेसम्म हरेक दिन साढे ४ घण्टा बन्द हुने भएको हो ।

 

सडकराति ११ बजेदेखि बिहान १ बजेसम्म तथा बिहान साढे एक बजेदेखि चार बजेसम्म पूर्ण रुपमा बन्द हुने प्रहरीले जनाएको छ ।

 

सो समयमा सडक पूर्ण बन्द गरेर निर्माणको काम गरिने भएको छ । सो समयमा आकस्मिक अवस्थामा भने सवारी पास गराइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij