हिजो चाँदी तोलाको १९०५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी तोलाको १९०५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij