कालिकोट । कालिकोटमा बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो पलाँता गाउँपालिकामा दुर्घटना भएको हो। मृतकको नाम र पहिचान खुलेको छैन।
उद्धारका लागि प्रहरी र सेनाको टोली घटनास्थलतर्फ गएको प्रहरी जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij