२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

अध्यात्मबिनाको आधुनिक विज्ञान अपुरो रहन्छ : रेग्मी

अध्यात्मबिनाको आधुनिक विज्ञान अपुरो रहन्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले अध्यात्मबिनाको आधुनिक विज्ञान अपुरो रहने बताउनुभएको छ ।
अतिरुद्र विश्वकल्याण विराट महायज्ञका दौरान भृकुटीमण्डपमा आयोजित वैदिक विज्ञान र आधुनिक विज्ञान महासम्मेलनमा बोल्दै रेग्मीले वैदिक विज्ञानको जगमा मात्रै आधुनिक विज्ञानको भविष्य सुनिश्चित हुने बताउनुभयो ।

वैदिक विज्ञानको उत्पत्ति नेपालमा भएको भन्दै रेग्मीले वैदिक विज्ञानको विकासले नेपालको विकासमा योगदान हुने बताउनुभयो । ‘हिमालयको ।र मानसरोवरको सम्मुखमा रहेको नेपाल वैदिक विज्ञानको पवित्र विज्ञानको पवित्र भूमि हो । वैदिक विज्ञान आजको विश्वका लागि अपरिहार्य छ । वैदिक विज्ञानको प्रचार र प्रबर्धनसँग नेपालको विकास पनि जोडिएको छ’, उहाँले भन्नुभयो ।

वेदमा आधारित भएर विश्वमा आधुनिक विकासले समेत फड्को मारेको उल्लेख गर्दै उहाँले विश्वशान्ति, विकास र समृद्धिका लागि अध्यात्मसहितको वैज्ञानिक चेतना आवश्यक रहेकोमा जोड दिनुभयो । ‘विश्वशान्ति, विकास । समृद्धिका लागि अध्यात्मसहितको वैज्ञानिक चेतना चाहिन्छ । अध्यात्मबिना विज्ञान अपुरोध रहन्छ । वेद, धर्म र सत्यको प्रचार हामीले विश्वभर गराउन सक्नुपर्छ’, उहाँले भन्नुभयो ।

नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गरेको अतिरुद्र विश्वकल्याण विराट महायज्ञ कात्तिक २५ गतेसम्म जारी रहनेछ । महायज्ञ नेपालका ७७ वटै जिल्लाका द्व१ हजार १ सय ११ जना सिद्ध बटुक पण्डितहरु

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij