काठमाडौं । सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घटेको छ। हिजो तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको सुनको भाउ आज चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यही कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो। यस्तै आज चाँदीको भाउ पनि घटेको छ।
चाँदी ५५ रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij