२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालद्वारा कडा निन्दा

लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालद्वारा कडा निन्दा

काठमाडौं । नेपालले लेबनानमा इजरायलले राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी इजरायली आक्रमणको निन्दा गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ र द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ ।’

राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरेका थिए । इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए । इजरायलले लेबनानमा हिजबुल्लाहलक्षित हमला गरिरहेको छ । लेबननमा १० हजार शान्ति सैनिक लेबनानमा तैनाथ छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij