२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता

आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार भएको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः वार्ता हुने भएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आज बस्नेगरी सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधि उठेका थिए ।

वार्ता बिहान ९ बजे बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार हिजोको बैठक वार्ताको माहोल तयारमा केन्द्रित थियो ।

उनले बिहीबारको वार्तामा आफूहरूका माग पूरा नभएको भन्दै आन्दोलन जारी रहेको बताएका छन् ।

विभिन्न माग राखेर शिक्षकहरू बुधबारदेखि सडक आन्दोलनमा छन् । देशभरका शिक्षक आन्दोलनका लागि काठमाडौं आएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij