२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

बाढीपहिरो प्रभावितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने एमालेको निर्णय

बाढीपहिरो प्रभावितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले बाढीपहिरो प्रभावितका लागि प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । मंगलबार बसेको सचिवालयको बैठकले प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकलेएक अर्ब रुपैयाँ विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । उनले भने, ‘राज्यको तर्फबाट एक अर्ब छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’

यसैगरी उनले विपत्तिमा परेकाहरूको राहत र उद्धारमा पार्टी पंक्तिलाई खटाइएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij