२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

विपद कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने कांग्रेसको निर्णय

विपद कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई बाढीपहिरोमा परेकाहरूको उद्धार तथा राहतमा जुट्न पनि निर्देशन दिएको छ।

बैठकले स्थानीय तहको उपचुनावको लागि दल दर्ता गर्ने निर्णय गरेको छ । उपचुनावका लागि उम्मेदवार तय गर्न पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको पार्टी प्रवक्ता महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij