२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

यो सरकारको ध्यान बचत फिर्ता गराउनेमा छैन, मलाई जेल पठाउनेमा छ: सभापति लामिछाने

यो सरकारको ध्यान बचत फिर्ता गराउनेमा छैन, मलाई जेल पठाउनेमा छ: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको बताएका छन् । आइतबार राति पार्टी कार्यालयमा भेला भएका पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू मान्छे बेचेर राजनीतिमा नआएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

उनले आफू कानुनी, नैतिक र राजनीतिक रुपमा स्वच्छ रहेको दाबी गरे । उनले भने, ‘सबैलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन । बेचेका मान्छेलाई बचाएर राजनीतिमा आएको हो । संसदीय समितिले छानबिनका क्रममा काहीँ कतै कुनै पनि किसिमको संलग्नता छैन भन्छ । म भागेर लुकेर डराएको होइन। म भागेको पनि छैन लुकेको पनि छैन।’

उनले कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने भन्दै प्रश्न गरे । उनले भने, ‘मैले हिजो पनि भनेको थिएँ । मलाई कहाँ लानुहुन्छ ? लैजानुहोस् म जहाँ पनि जान तयार छु । छानबिनका लागि सघाउन ।’

उनले आफू हिजो पनि अन्यायको शिकार भएको बताए । उनले दुई तिहाईको सरकारको ध्यान बचत फिर्ता गर्नु भन्दा पनि रवि लामिछानेलाई जेल पठाउनेमा रहेको बताए ।

उनले भने, ‘यो सरकारको ध्यान बचत फिर्ता गराउनेमा छैन, रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ ।’

उनले यो सरकारले आफूलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने भन्दै कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । उनले भने, ‘यो सरकारको मलाई भरोसा छैन । तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij