२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

आजको मौसम : दिउँसो सातै प्रदेशमा पानी पर्ने

आजको मौसम : दिउँसो सातै प्रदेशमा पानी पर्ने

काठमाडौं । देशका केही भू–भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेश प्रदेश तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

शुक्रबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको विभागको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij