२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

बंगलादेशको जस्तो अवस्था आए प्रचण्ड मात्र चयनले बस्न सक्नुहुन्नः महामन्त्री थापा

बंगलादेशको जस्तो अवस्था आए प्रचण्ड मात्र चयनले बस्न सक्नुहुन्नः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा बंगालदेशको जस्तो अवस्था आउनसक्ने भन्दै माओवादी अध्यक्ष प्रचण्डले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका हुन् । उनले उत्तेजनाको राजनीतिले सबैलाई जलाउने भएकाले सचेत हुन आग्रह गरे ।

उनले भने, ‘सदनमा केही दिनअघि बोल्दा विपक्षी दलको नेताले नेपालमा बंगलादेशको अवस्था आउन सक्नु भन्नुभएछ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना जस्तो भाग्नुपर्ने अवस्था आए प्रचण्ड मात्र खुमलटारमा चयनले बस्नसक्नु हुन्न । त्यसैले तर्साउन र उत्तेजनाको राजनीति गर्ने काम कसैबाट नहोस् । आगोको झिल्को बाल्न सजिलो छ । तर त्यसलाई निभाउन गाह्रो छ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij