काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीका कारण त्रिभुवन विश्वविद्यालय लथालिंग बनेको आरोप लगाएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले विश्वविद्यालयको अहिलेको अवस्था हेर्दा ‘बुद्धि भन्दा बल ठूलो र बल भन्दा दल ठूलो’ भन्ने अवस्था देखिएको बताएकी हुन् ।
उनले भनिन्,‘हामीलाई सानोमा पढाउँदा बल भन्दा बुद्धि ठूलो भनिएको थियो । तर अहिले त्यसको उल्टो भयो । विभागीय प्रमुखको पदका लागि दलीय राजनीतिकरण निम्त्याएको दूरदशा हो ।’
उनले यसमा नियत पनि खराब रहेको बताइन् । दलीय राजनीतिले जडजड बनाएको बेला त्यसको नेतृत्व गर्ने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताइन् ।
उनले सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटपिट गरेको तर क्याम्पस प्रमुख र क्याम्पस प्रशासक मुकदर्शक बनेको बताइन् । त्यसको माउपार्टीका अध्यक्ष अहिलेको प्रधानमन्त्री भएकाले समस्या प्रधानमन्त्री नै भएको आरोप लगाइन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij