२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

भ्रष्टाचार मुद्दाको अनुसन्धानमा पाँचवर्षको हदम्याद स्वीकार्य छैनः रवि लामिछाने

भ्रष्टाचार मुद्दाको अनुसन्धानमा पाँचवर्षको हदम्याद स्वीकार्य छैनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दाको अनुसन्धानमा पाँचवर्षको हदम्याद स्वीकार्य नहुने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले पाँचवर्षको हदम्याद मान्य नहुने बताएका हुन् । उनले भने, ‘आफ्नो दल र आफ्नो तर्फबाट भ्रष्टाचारको मुद्दामा नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट।’ उनले पाँच वर्षे हदम्याद नराख्न भन्दै आफू सयौं टेलिफोन कल आएको बताए ।

उनले कुनै हालतमा भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने र यसमा सिंगो सदन एकठाउँमा उभिनेमा आफू विश्वस्त रहेको बताए । त्यस्तै उनले नीतिगत भनेर मन्त्रिपरिषद लगेर निर्णय गर्ने कुरालाई पनि गम्भीर रुपमा लिनुपर्ने र त्यसको परिभाषा हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij