२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

विद्युतीय धरापमा परेर महिलाको मृत्यु

विद्युतीय धरापमा परेर महिलाको मृत्यु

धनगढी- विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–३ की ३२ वर्षीया मञ्जु कुँवरको सोमबार राति ११ बजेतिर धरापमा परेर मृत्यु भएको वडाध्यक्ष राजबहादुर ऐरले जानकारी दिए।

गौरीफन्टा नाकामा मजदुरी गरेर घर फर्कने क्रममा उनी धरापमा परेकी थिइन्। उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij