२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सरकारलाई सुमना श्रेष्ठका पाँच सुझाव

नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सरकारलाई सुमना श्रेष्ठका पाँच सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सरकारलाई सुझाव दिएकी छन् ।

बिहीबारको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पर्यटनमन्त्रीले हवाई क्षेत्रको सुधारका लागि सुझाव मागेका थिए । त्यसपछि सांसद श्रेष्ठले सरकारलाई सुझाव दिएकी हुन् ।

सरकारलाई सुझाव दिँदै उनले भनेकी छन्, ‘पर्यटन मन्त्री माननीय बद्री प्रसाद पाण्डे ज्यूको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सुझाव माग्नु भएको जानकारी समाचारमार्फत प्राप्त भयो । दिइएको आधिकारिक ईमेलमा हामीले यी सुझावाहरु बुझाएका छौँ । यथाशीघ्र कार्यान्वयनमा लैजानुहुनेछ भन्ने अपेक्षा राखेकी छु। तर यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सदनका दुई ठूला दल मिलेर बनेको दुईतिहाइ विश्वास प्राप्त शक्तिशाली सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू र माननीय मन्त्री बद्रीप्रसाद पाण्डेज्यूको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ। आशा छ अब भने जनतालाई निराश बनाउनु हुनेछैन।’

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij