२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

प्रस्तावित निर्वाचन आयुक्त प्रधानकाबारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

प्रस्तावित निर्वाचन आयुक्त प्रधानकाबारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गरिने बताइएको छ ।

असार २ गते संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरिएका प्रधानविरुद्ध एक महिलाले आफूलाई यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

त्यसपछि उजुरीकर्ता र प्रधानसँग यस विषयमा सुनुवाइ समितिले छलफल गरेको थियो । प्रधानमाथिको सुनुवाइ सकिइसकेकाले आज उनको सिफारिस अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय हुने छ । साउन ९ गते प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij