२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

रविको जस्तो स्टन्ट नगर्न गृहमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको सुझाव

रविको जस्तो स्टन्ट नगर्न गृहमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा महामन्त्री शर्माले गृह मन्त्रालयले विभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री रवि लामिछानले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको बताएका हुन् ।

उनले लामिछाने गृहमन्त्री हुँदा हल्लामात्रै गरेको भन्दै त्यसबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाबिरुद्धको फाइल खोजिएको र त्यो पनि निराधार पुष्टि भएको बताए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी–स्टेट प्रकरणमा पनि छानबिन हुनुपर्ने र त्यसमा मुछिएकालाई छुट दिन नहुने उल्लेख गरे । महामन्त्री शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरे ।

उनले भने,‘आशंका गरिएका दुईवटा फाइलहरु छन् । एउटा नक्कली भुटानी शरणार्थी प्रकरण र अर्को गिरिबन्धु जग्गा प्रकरण । गरिमामय संसदमा उभिएर म कसैलाई दोषी ठहर्याउन चाँहदैन र कसैलाई निर्दोष करार गर्न पनि चाहन्न । केवल यति मात्र भन्न चाहन्छु देशको मुहार फेर्न संकल्प लिएर खुलेका दलहरु हुन् कांग्रेस र एमाले । यी दलहरुले सरकारको नेतृत्व गरिरहेको बेला इमान्दार भएर सबैको अनुसन्धान हुनुपर्छ, । आज म यो जिम्मेवार संसदमा उभिएर गिरिबन्धु जग्गाको ७० प्रतिशत जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने आरोप छ । तर यो प्रकरणमा कांग्रेसका को व्यक्ति हुन् छानबिनको दायरामा ल्याओस् ।’

उनले सरकारले शोकमा दुई खालको व्यवहार गरेको बताए । उनले आगामी दिनमा शोकमा सरकारले फरक व्यवहार नगरोस् भन्दै ध्यानाकार्षण गराए ।

उनले भने, ‘सौर्य एयरको जहाज दुर्घटनाको भोलिपल्ट हामीले राष्ट्रिय झण्डा आधा झुकायौं । २०७९ माघ १ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । यसको भोलिपल्ट हामीले राष्ट्रिय शोकको घोषणा गर्यौं । एउटै प्रकृतिको दुर्घटना, तर शोकमा हामीले दुई खालको व्यवहार गर्यौं । दुर्घटना र मृत्यु सबै दुःखद् हुन्छन् ।  यसबीचमा चौतर्फी रुपमा ध्यानाकर्षण नागरिक पंक्तिबाट गराइएको छ । त्रिशुलीमा पनि बस खस्यो तर, न हामीले आधा झण्डा झुकायौं न कुनै शोकको घोषणा गर्यौं ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij