२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

प्रधानमन्त्रीसँग अमेरिकी राजदूतको भेट

प्रधानमन्त्रीसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न अमेरिकी राजदूत थम्पसन प्रधानमन्त्री निवास बालुवाटर पुगेका थिए । भेटमा नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नेपाल सरकारसँग काम गर्न अमेरिका तत्पर रहेको राजदूतले बताएका थिए ।

राजदूत थम्पसनले भनेका छन्, ‘हामीले दुई देशबीचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा गर्यौं । अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग काम गर्न तत्पर छ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij