२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

जनतालाई न्याय मिल्ने गरी कानुन निर्माणमा लाग्छुः कानुनमन्त्री चौरसिया

जनतालाई न्याय मिल्ने गरी कानुन निर्माणमा लाग्छुः कानुनमन्त्री चौरसिया

 

काठमाडौँ ।  नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गरेका छन् । पदबहालीपश्चात् उनले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताए ।

“कानुन बनाउने मन्त्रालय भएकाले विधेयकहरु कति छन्, हामीले बनाउनुपर्ने कानुनहरु कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्ने गरी कानुन बनाउँछौँ”, मन्त्री चौरसियाले भने ।

आमा लक्ष्मीदेवी र बाबु हरिकिशोरको सन्तानका रुपमा उनको जन्म पर्सामा २०२१ माघ १५ गते भएको हो । मधेस प्रदेशको पर्सा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौरसियाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । उनी २०५६ सालमा पनि पर्सा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेता चौरसिया संविधानसभाको पहिलो निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट निर्वाचित भएका  थिए । उनीसँग सार्वजनिक लेखा समिति र राष्ट्रिय हित संरक्षण समितिमा काम गरेको अनुभव छ । उहाँ २०६२÷६३ को जनआन्दोलनमा पटकपटक थुनामा परेका थिए । त्यसक्रममा नेता चौरसिया करिब चार महिना वीरगन्ज कारागारमा बसेका थिए । उनी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुन्  ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij