२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्छौंः अर्थमन्त्री पुन

आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्छौंः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशको आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पुनले चालु बजेटमा आलु प्याज लगायतमा लगाएको भ्याट हटाई आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको उल्लेख गर्दै त्यसले कृषिको आधुनिकीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीले आफ्नो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर अहिले बजेट मार्फत चालु बजेटमा भ्याट लगाइएको थियो । प्याज आलुका आदिमा तर यसपटक त्यो भ्याट हटाइयो । भ्याटको सिद्धान्त आन्तरिक र बाह्य जहाँ उपयोग हुन्छ त्यहाँ भ्याट लाग्ने कुुरा हुन्छ । तर त्यो हटाईयो । हामीले आफ्नो आन्तरिक उत्पादनलाई नीतिगत रुपले संरक्षण गर्ने कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको छ । यसले कृषिको आधुनिकिकरणमा योगदान पुग्छ भन्ने सरकारको विश्वास छ ।’

उनले सरकारले पाँच वटा रुपान्तरण क्षेत्रमध्ये आईटी क्षेत्रलाई अगाडि सारेको र गएको वर्ष ६६ अर्बको निर्यात गरिसकेकोमा यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij