२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

कुनै एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैनः गृहमन्त्री लामिछाने

कुनै एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार नियन्त्रणमा कानुनीलगायतका विभिन्न अड्चनले आशा गरिए अनुसारको काम हुन नककेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भ्रष्टाचार लागि इमान्दार भएर लागेको बताएका हुन् । उनले भ्रष्टाचारी एक दिन कानुनको दायरामामा आउँछ भन्ने विश्वास जनतामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘कुनै एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव हुने होइन । पर्याप्त कानूनी आधार, स्रोतसाधनसहित भएका संरचनाहरुको स्तरोन्नति आवश्यक छ । राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव छ ।’

उनले भ्रष्टाचारमा संलग्नहरुमाथि कारबाही गर्न निर्मम भएर लाग्ने बताए । उनले मेरो र उसको नभनी सबैको पालामा प्रत्येक प्रकरणको छानबिन गर्ने र अख्तियारले पनि निष्पक्ष रूपमा अभियोजन र न्यूनीकरण गर्नुपर्ने बताए । गृहमन्त्रीले कुनै पनि कालखण्डमा भएकामध्ये २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि भइरहेको काण्डहरूको मात्र हैन कुनै पनि कालखण्डमा भएको काण्डहरूलाई छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी छ । यो साहस आँटका साथ प्रस्तुत भएका छौँ ।’

उनले आफ्नो दोहोरो पासपोर्टबारे आफू अहिले बोल्न नमिल्ने बताए । पासपोर्टको मुद्दा अदालतमा विचाराधीन रहेकाले बोल्न उपयुक्त नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij