२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

जसको नीति उसकै नेतृत्व भन्ने मूल आधारमा हाम्रो पार्टी सञ्चालन हुन्छः खनाल

जसको नीति उसकै नेतृत्व भन्ने मूल आधारमा हाम्रो पार्टी सञ्चालन हुन्छः खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र गुटबन्दी लागू नहुने बताएका छन् ।

शनिबार पार्टीको दशौं महाधिवेशनको तयारीकाबारेमा आयोजित पत्रकार सम्मेलनमा नेता खनालले आफूहरूले पार्टीभित्र गुटबन्दी नचाहेको र पार्टीलाई आपसी छलफल एवं वहसमार्फत अघि बढाउन प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले जसको नीति उसकै नेतृत्व भन्ने मूल आधारमा पार्टी सञ्चालन गर्ने बताए । उनले भने, ‘पार्टी संगठन भनेकै कमरेडहरूलाई व्यवस्थापन गर्ने संरचना हो, यो स्वभाविक हो। पार्टीको सातौं महाधिवेशनसम्म एउटा नेता भए आठौंदेखि विभिन्न पदहरु सिर्जना गर्यौं । त्यही पदको आधारमा व्यवस्थापन गर्दै आएको हो। विचार र व्यवस्थापन दुवैको सन्तुलन मिलाएर हामी अगाडि बढ्नुपर्ने हुन्छ।’

उनले कसलाई कुन पद दिने भन्ने सन्दर्भमा आन्तरिक छलफल गरिरहेकाले चाँडै त्यो विषय टुंग्याउने जानकारी दिए । खनालले पार्टीभित्र गुटबन्दी नहुने दाबी गरे ।

उनले भने, ‘जहाँसम्म गुटगत भेलाका कुरा छन् मैले त्यो गुटबन्दी भन्ने चिज जान्दै जान्दिन। गरेँ भने पनि जान्दिन । उहाँहरूले नि गर्नुभएको जस्तो मलाई लाग्दैन। हामी नेताहरूसँग विभिन्न कमरेडहरू आउनुहुन्छ, कहिले यता कहिले उता छलफल गर्छौं। यो गुटबन्दी होइन एक आपसको छलफलको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij