२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद खतरनाक रुपमा देखापर्योः अध्यक्ष नेपाल

कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद खतरनाक रुपमा देखापर्योः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्पका साथ अगाडि बढेको बताएका छन् ।

शनिबार पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपाले विगतमा गुटका कारण कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको भन्दै अब एकताका साथ अगाडि बढ्ने बताए । उनले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्पका साथ अगाडि बढेको बताए ।

उनले भने, ‘गुटले धेरै ठूलो क्षति पुर्याएको छ । विगतमा पनि गुटले गर्दा कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको थियो । त्यसैले आउँदो महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्पका साथ अगाडि बढेका छौं।’

अध्यक्ष नेपालले राजनीति र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाउन र समाजवादको दिशामा अघि बढाउन आवश्यकता रहेको बताए ।

उनले आफ्नो पार्टी घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने क्षमता भएको पार्टी भएको भन्दै यसले प्रत्येक चुनौतीको सफलताका साथ सामना गर्दै आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij