२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

अहिले जसले सरकार चलाएका छन् चलाउन दिऔँ, सरकारतिर हामीले हेर्दै नहेरौँः महामन्त्री थापा

अहिले जसले सरकार चलाएका छन् चलाउन दिऔँ, सरकारतिर हामीले हेर्दै नहेरौँः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जादुगरजस्तो उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छोडिदिन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले जादुगरजस्तो उफ्रिने काम प्रधानमन्त्रीलाई छाडेर कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।

उनले कांग्रेसले आगामी निर्वाचनमा कम्तिमा एक सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने,’सरकारति हामी हेर्दै नहेरौं । यता मिल्ने, उता मिल्ने, ऊसँग मिल्ने कुरा छोडिदिऔँ । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ ।’

महामन्त्री थापाले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र योबीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए । उनले भने,’अहिले जसले सरकार चलाएका छन् चलाउन दिऔँ । सरकारतिर हामीले हेर्दै नहेरौँ । र, यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि २०८४ सालमा कम्तीमा पनि सय सिट जित्ने गरी ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij