काठमाडौं । सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा यो सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रतिलिपि अधिकारसम्बन्धी तर्जुमा गर्न संद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ । बैठकल समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा काठमाडौंका उद्धवप्रसाद तिमल्सेनालाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले साझा प्रकाशन (सहकारी संस्था लि.) सञ्चालक समितिको सदस्यमा रमेशप्रसाद भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij