काठमाडौं । नेकपा एमाले सांसद महेश बर्तौलाले दूध किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद बर्तौलाले किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले आजदेखि आन्दोलन सुरू गरेका किसानलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण समेत गराए ।
उनले भने , ’दूधको बक्यौताको माग गर्दै आजदेखि किसानहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलित ४५ बढी किसानलाई प्रहरीको हिरासतमा राखिएको छ। उहाँहरूमाथि चरम धरकपड भएको छ। उनीहरूले न्यायोचित माग उठाएका छन्। सभामुखमार्फत सरकारको, कृषि मन्त्रालय र अर्थमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु। राज्यको तर्फबाट र राज्यले वातावरण बनाइ दिएर किसानहरूले पाउनेपर्ने दूधको बक्यौता अविलम्बन प्राप्त होस। भुक्तानी गरियोस्।’
डीडीसीबाट झन्डैं २ अर्ब र निजी डेरीबाट ३ अर्ब गरी झन्डैं ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए। किसानहरूले दूधको रकम नपाउँदा गाईवस्तुलाई दानापानीको व्यवस्था मात्रै नभइ आफूहरू पनि भोकै बस्नुपर्ने अवस्थामा पुगेको बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij