२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

पूर्व पत्रकार सामना , अमेरिकामा ‘साइलीको बुटिक’ चलाउँदै !

पूर्व पत्रकार सामना , अमेरिकामा ‘साइलीको बुटिक’ चलाउँदै !

अमेरिका । कुनैबेला नेपालमा पत्रकारिता गरेकी सामना देवकोटा यतिबेला अमेरिकाको अस्टिनमा बुटिक सञ्चालन गरिरहेकी छिन् । रुकुम पश्चिम बाछिकोट गाउँपालिका सामनाले एसएलसी दिएलगत्तै पत्रकारिता कर्म गरिन् ।

पत्रकारितामै स्नातक गरेकी उनी स्नातकोत्तर तहको अध्ययन जारी रहँदा २ वर्ष अगाडि अमेरिका पुगिन् । नेपालमा पत्रकारिता गर्दा सिकेको बोली र व्यवहारको सीप अहिले उनी आफ्नो व्यवसायमा लगाइरहेकी छिन् । अस्टिनमा उनले सुरुआत गरेको ‘साइलीको बुटिक’ ले छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ । नेपाली र भारतीय ग्राहकलाई लक्षित गरेर सामनाले सुरु गरेको साइलीको बुटिकमा बच्चादेखि वयस्कसम्मका लागि आकर्षक बुटिक आइटमहरु उपलब्ध छन् ।

श्रीमान र देवरको प्रेरणाबाट उत्साहित भएर उनले थालेको बुटिकले अहिले सबैको प्रसंशा बटुलिरहेको छ । सामाजिक सञ्जालमा साइलीको बुटिकका फलोअर्सहरु क्रमशः बढ्दैछन् भने व्यापार पनि विस्तार हुने क्रममा छ ।

आफूले सधै गुणस्तरीय सेवालाई प्राथमिकता दिएको बताउने सामना पत्रकारिता गर्दाको अनुभव व्यापारमा पनि काम लागेको बताउँछिन् । ‘पत्रकारिता गरेका कारण आफ्नो कन्फिडेन्स बढेको पाउँछु । ग्राहकसँग बोल्न र सही व्यवहार गर्न जानेको छु जस्तो लाग्छ’, सामनाले समाज प्रेससँग भनिन् । साइलीको बुटिकमा ‘मिडियम टु हाई रेन्ज’ को मूल्य पर्ने फेसनेबल डिजाइनहरु उपलब्ध छन् । ‘नेपाली वा इण्डियन दुवैखाले फिनिसिङ दिन्छौं । ग्राहकको आवश्यकता र रोजाई अनुसार सस्तोदेखि उच्चदरसम्मका सामान बेच्छौ’, उनले भनिन् ।

अमेरिका पुगेरपनि अधिकांश महिलाहरु श्रीमानकै कमाईमा भर पर्नुपर्ने स्थिति अझै विद्यमान छ । साइली बुटिककी सञ्चालक सामना भने आफ्नै सीप र कर्मबाट आर्जन गर्दा आत्मसम्मान र सन्तुष्टी दुवै मिल्ने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij