२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए पदबाट राजीनामा

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए पदबाट राजीनामा

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् । उनले वर्तमान विसकित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

आजै बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठक अगाडि नै उनले राजीनामा बुझाएका हुन् । गतसाता जसपा नेपालको अशोक राई पक्षले पार्टी विभाजन गरेसँगै यादव सरकारबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij