२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

मैले सहकारीमा ऋण लिन निवेदन दिएको प्रमाणित भए राजनीति छाड्छुः गृहमन्त्री

मैले सहकारीमा ऋण लिन निवेदन दिएको प्रमाणित भए राजनीति छाड्छुः गृहमन्त्री

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई सहकारीबाट आफूले ऋण लिन निवेदन दिएको प्रमाणित भए राजनीति छोड्ने चुनौती दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दैै गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री थापालाई ऋण लिएको प्रमाणित गर्न चुनौती दिएका हुन् ।

उनले भने, ‘आज संसद बैठकमा गगन थापाजीले मैले ऋण लिएको प्रमाण छ भनेर भन्नुभयो । यदि मैले ऋण लिन निवेदन दिएको प्रमाणित भए राजनीति छाड्छु । यदि भएन भने गगनजीले राजनीति छाड्ने हो ? यस उहाँलाई चुनौती दिन्छु ।’

उनले आफूलाई संसदमा बोल्न नदिएर कांग्रेस डराएको आरोप लगाए । लामिछानेले आफूलाई बोल्न दिन कांग्रेस डराएको दाबी गरे । उनले प्रश्न गरे, ‘निरन्तर दुई महिनासम्म आरोप गरिरहने अनि किन डराएको भन्ने ? एक पटक मेरो कुरा सुन्न किन डराएको ?’

गगन थापाको प्रश्नः संसदीय छानबिन समिति बनाउन किन डराएको, किन भागेको ?(भिडियोसहि

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij