२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

तोलामा २७ सयले घट्यो सुनको मूल्य

तोलामा २७ सयले घट्यो सुनको मूल्य

 

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मंगलबार गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सयले ओरालो लागेको छ ।

सोमबार तोलामा एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा  ४५ रुपैयाँले गिरावट भएको छ । सोमबार प्रतितोला एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij