२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

आज कमैया मुक्ति दिवस, २३ वर्ष पुग्दा पनि भएन पुन:स्थापना

आज कमैया मुक्ति दिवस, २३ वर्ष पुग्दा पनि भएन पुन:स्थापना

काठमाडौं : आज साउन २ गते अर्थात् कमैया मुक्ति दिवस। कमैया मुक्ति घोषणा भएको २३ वर्ष पूरा भएको छ ।  दास प्रथाका रूपमा रहेको कमैया प्रथा २०५७ साल साउन २ गते अवैध भएको ठहर गर्दै सरकारले पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका जमिनदारको घरमा काम गर्दै आएका ३२ हजार ५००  कमैयालाई मुक्त घोषणा गरेको थियो ।

मुक्त घोषणा भएको यतिलामो समय बितिसक्दा पनि कतिपय मुक्त कमैयाको पुन: स्थापना नहुँदा बिचल्ली भएको छ।

मुक्त घोषणापछि सरकारले अधिकांश कमैयाको पुनः स्थापना गरे पनि कतिपय परिवारको अझै पुनःस्थापना हुन सकेको छैन। पुनःस्थापित हुन नसकेका मुक्त कमैया परिवार सार्वजनिक जमिनमा कष्टकर जीवन बिताइ रहेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन्। २३ औँ कमैया मुक्ति  दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताए।

दुई पालिकामा बिदा

कमैया मुक्ति दिवसको अवसरमा कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन्। दुवै पालिकाले आज स्थानीय बिदा दिएका हुन्। पालिकादेखि स्वास्थ्य संस्था तथा विद्यालयसम्म बिदा दिएको दुवै पालिकाले जारी गरेको सूचनामा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij