२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौँ । टिप टप हेल्प नेपालले आठौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डमा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीलाई पाँचौँ सेटमा २२–२० ले पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो ।

आर्मीले पहिलो सेट २५–२० ले जितेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट आर्मीले २५–२२७ ले गुमायो। कुनै समय ६ अंकको अग्रता बनाएको आर्मीले हेल्प नेपालसँग अंक गुमायो।

दोस्रो सेट २२–२२, २३–२३, २४–२४, २५–२५ बनाउँदै हेल्प नेपालले लगातार २ अंक जोड्दै दोस्रो सेट २५–२७ ले जितेको हो।

निकै रोमाञ्चक बने तेस्रो सेटमा पुनः आर्मीले २३–२५ ले जित्यो। कुनै समय ४ अंकले पछि परेको अवस्थालाई उल्ट्याउँदै आर्मीले २–१ को अग्रता बनायो।

चौथो सेटमा लगातार ८ अंक जोडेपछि मात्रै खाता खोलेको आर्मीले लगातार ३ अंक जोड्दै ८–३ को अवस्थामा आयो।

त्यसपछि लगातार अग्रता बनाएको हेल्प नेपालले २२–२२ को अवस्थाबाट पुनः २४–२२ को अग्रता बनायो। २ अंकले पछि परेको आर्मीले पुनः २४–२४ को अवस्थामा ल्याउन सफल भयो। २५–२४ ले अघि बढेको हेल्प नेपालले खेलमा २६–२६ ले बराबरीमा रोकिएपछि खेल २७–२७ मा पुग्यो। त्यसपछि लगातार २ अंक जोडेपछि टिप २९–२७ ले जित्यो।

जितसँगै खेल २–२ को बराबरी गरेपछि खेल पाँचौँ सेटमा पुग्यो। निकै रोमाञ्चक बनेको पाँचौँ तथा अन्तिम सेटमा आर्मीमाथि हेल्प नेपालले २२–२० ले जित निकाल्दै च्याम्पियन बनेको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij