२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

काम गर्न नसकेको दिन पार्टी आफैं सरकारबाट बाहिरिन्छः उपसभापति वाग्ले

काम गर्न नसकेको दिन पार्टी आफैं सरकारबाट बाहिरिन्छः उपसभापति वाग्ले

 

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उनले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पारे ।

रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले त्यो काम गर्न नसकेको दिन पार्टी आफैं सरकारबाट बाहिरिने पनि स्पष्ट गरे ।

उनले भने,‘हामी बिगार्न, भत्काउन, तोड्न र उखेल्न आएका हैनौं । हामी काम गर्न आएका हौं । प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं । प्रश्न गर्यौं । अब सरकारबाट डेलिभरी दिन सकिन्छ कि भनेर आएका छौं । सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएका छौं । गर्न नसकेको दिन हामी आफै बाहिरीने छौं । प्रधानमन्त्रीज्युलाई सजिलो बनाइदिन्छौ. । उहाँले हामीलाई गलहत्याउनु पदैन् ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij