२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ कार्यक्रम संचालन

गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ कार्यक्रम संचालन

कास्की । गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण सुरु भएको हो ।

पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा गण्डकी प्रदेश टेनिस सङ्घको समन्वय तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा शनिबारदेखि कार्यक्रम सुरु भएको हो ।

बालबालिकाका लागि आयोजना गरिएको यो कार्यक्रम दुई महिना सञ्चालन हुनेछ । मोबाइलमा रमाउने बालबालिकालाई खेलमैदानसम्म ल्याएर प्रतिस्पर्धी खेलाडी उत्पादनको लक्ष्य राखिएको गण्डकी प्रदेश टेनिस सङ्घका सचिव नवीन चालिले जानकारी दिए।

प्रशिक्षण कार्यक्रममा छदेखि १६ वर्ष सम्मका २५ बालबालिकालाई सहभागिता गराइएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक अभियान रहेको बताए ।

बालबालिकाका लागि टेनिस प्रशिक्षणले देशका लागि आवश्यक दक्ष टेनिस खेलाडी उत्पादन गर्न कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे । उनले भने, “खेल्छ गण्डकी’ कार्यक्रम खेलकुदको क्षेत्रमा अविरल बगिरहने पवित्र अभियान रहेको नदीजस्तै हो । टेनिसले खेलकुदबाट टाढा रहेकालाई मैदानमा ल्याएर उल्लेखनीय कार्य गरेको छ । कार्यक्रमले खेल संस्कृति र खेलकुद विकास अभियानमा समेत महत्त्वपूर्ण छ ।”

गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले गण्डकीको टेनिस खेलमा विगतको इतिहासले विपन्न वर्गका बालबालिकाबाटै सुरु भएकाले यस कार्यक्रममार्फत पहिलोपटक सोही वर्गका बालबालिकालाई समेटिएको बताए ।

“खेल्छ गण्डकी कार्यक्रम एक महत्त्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रममार्फत समाजमा पछि परेका बालबालिकालाई टेनिस मैदानसम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौँ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij