२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।

उपसभापति धनराज गुरुङले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने बैठकले निर्णय गरेको जानकारी दिए । उनले भने, ‘प्रचण्ड जुन साथ दिएका थियौं, विश्वास गरेका थियौं हामीले आजबाटै समर्थन फिर्ता लिने निर्णय गरेका छौं । अब हामी प्रतिपक्षमा बसेर अघि बढ्छौ ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन फुटाएर एमाले,रास्वपासहितको चार दल सम्मिलित नयाँ समीकरण बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद्मा पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij