२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

गठबन्धनमा गडबडी !

गठबन्धनमा गडबडी !

काठमाडौं । सत्ता समीकरणमा बदलावको संकेत देखिएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेससँगका केही असहमतिपश्चात प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको साथ खोजेका छन् । यसै विषयमा माओवादी, एमाले , रास्वपा र जसपाका नेताहरुबीच आइतबार मध्यरातसम्म छलफल भएको बताइन्छ ।

टीआरसी विधेयक पारित गर्ने, राष्ट्रिय सभा अध्यक्ष चयन एवं शक्ति बाँडफाँट लगायतका विषयमा माओवादी, एमाले र रास्वपा नजिकिएपछि कांग्रेस संशकित छ । सभापति शेरबहादुर देउवाले कुनैपनि बेला सरकार छाड्नुपर्ने परिस्थिति बनेको ब्रिफिंग मन्त्रीहरुलाई गराएका छन् ।

आज बिहान ८ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ भने नेकपा एमाले र माओवादीका नेताहरु आन्तरिक छलफलमा छन् ।
मन्त्रिपरिषद पुनर्गठन, भ्रष्टाचार आरोपी मन्त्रीहरुलाई कारवाही लगायतका विषमा माओवादी र कांग्रेसबीच कुरा मिलिरहेको थिएन । अर्थमन्त्रीको कामबाट प्रधानमन्त्री दाहाल असन्तुष्ट भएपनि देउवाले बचाउ गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij