२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

महाधिवेशन तयारीबारे छलफल गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

महाधिवेशन तयारीबारे छलफल गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

 

काठमाडौँ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको बैठकमा महाधिवेशनलाई सफल बनाउन नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी  दिए ।

प्रवक्ता सुमनले भने, “महाधिवेशनका निम्ति विभिन्न प्रस्ताव तयार गर्न समिति निर्माण गरिनेछ, समसामयिक राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुनेछ ।” जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij