२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु

कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको फोटोमा माल्यार्पण गरी बैठकको उद्घाटन गरेका छन् ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन् ।

उद्घाटन समारोहमा स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका छन् । कार्यक्रमस्थलमा देशभरबाट करिब २५ सय महासमिति सदस्यहरु उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij