२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

च्याम्पियन्स लिगमा सिटी विजयी

च्याम्पियन्स लिगमा सिटी विजयी

काठमाडौं । म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध ३–१ को जित निकालेको छ । गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले एफसी कोपनहेगनलाई राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा ३–१ गोल अन्तरले पराजित गरेको हो ।

एफसी कोपनहेगनको मैदानमा केभिन डी ब्रुएनले गोल गर्दै १० औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । उनले फिल फोडेनको पासमा गोल गरेका थिए । ३४ औं मिनेटमा मग्नुस म्याटसनले गोल गरेपवछि कोपनहेगनलाई बराबरीमा ल्याएका थिए ।

४५ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–१ ले अघि बढाए । दोस्रो हाफको अतिरिक्त समयमा फिल फोडेनले गोल गरेपछि सिटी ३–१ को सहज जित निकाल्न सफल भयो । अब दोस्रो लेग बुधबार हुनेछ । उक्त खेल बराबरीमा मात्रै टुंगिदा पनि सिटी अन्तिम ८ मा प्रवेश गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij