२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

एसिसी वुमन्स प्रिमियर कपः नेपालले पायो ९४ रनको लक्ष्य

एसिसी वुमन्स प्रिमियर कपः नेपालले पायो ९४ रनको लक्ष्य

काठमाडौँ ।  एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा जितका लागि ९४ रनको लक्ष्य पाएको छ । नेपाललाई हङकङले उक्त लक्ष्य दिएको हो ।
मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन् । हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो । हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन् । उनले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाइन् ।
बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई दुई तथा कविता जोशी र सीता रानामगरले एक एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij