२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

चिनियाँ टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली यू–२३ टोली घोषणा

चिनियाँ टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली यू–२३ टोली घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू–२३ टोली घोषणा गरेको छ । शुक्रबार एन्फाले चीनको नेपाल यू–२३ फुटबल टिमको घोषणा गरेको हो ।

नेपाली टोलीमा पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, बिशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जिव विष्ट, लकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुश घलान, आशिक बाबु, मनिष डाँगी, सन्तोष महत, निरन्जन धामी र अन्जल महर्जन छन् । नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्ने चिनियाँ यान्सुको प्रान्तीय टिम बिहीबार नेपाल आइपुगेको छ ।

नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो । मैत्रीपूर्ण खेल शनिबार दिउँसो ३ बजे दशरथ रंगशालामा सुरु हुनेछ । उक्त खेलका लागि साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij