२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

प्यूठानमा कोरोना भाइरसविरुद्धको फाइजर खोप अभियान संचालन गरिने

प्यूठानमा कोरोना भाइरसविरुद्धको फाइजर खोप अभियान संचालन गरिने

प्यूठान । प्यूठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ । कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ ।

१२ वर्षमाथिका व्यक्तिलाई विभिन्न खोप केन्द्रबाट जिल्लाभर लगाइने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले जानकारी दिए । खोपको पहिलो मात्रा नलगाएका, थप बुस्टर डोज लगाइसकेका बाहेकका व्यक्तिलाई लक्षित गरिएको उनले बताए ।

जिल्लाका ४१ हजार ७० जनालाई खोप अभियानले समेट्ने छ । स्वास्थ्य कार्यालयले यस अभियानमा नागरिकस्तरमा अग्रभागमा खटिने शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोगी र वृद्धवृद्धालाई प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij